• Tuesday 20th of October 2026

चिसापानीमा ब्रेक फेल हुँदा बस दुर्घटना


  • धनकुटा खबर
  • .

दाङको गढवा–कोइलाबास सडक खण्डको चिसापानीमा बस दुर्घटना हुँदा २५ जना यात्रु घाइते भएका छन्।

भारतीय सीमासँग जोडिएको कोइलाबासबाट लमही आउँदै गरेको रा १ ख ८३३ नम्बरको बस बिहान ११ बजेतिर गढवा गाउँपालिका वडा नम्बर ५ चिसापानीमा दुर्घटना भएको हो।

इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीका अनुसार बस दुर्घटनामा २५ जना घाइते भएका र घाइतेहरूलाई उपचारका लागि लमही अस्पताल पठाइएको थियो।

घाइते सबै खतरामुक्त अवस्था रहेको प्रहरी निरीक्षक कार्कीले बताइन्।

प्रहरी नियन्त्रणमा रहेका बस चालकले ओरालोमा ब्रेक फेल भई बस अनियन्त्रित भएर दुर्घटना भएको बयान दिएका छन्। बस सडक किनारको नालीमा पल्टिएको छ। सबै घाइते डिस्चार्ज भइसकेको पनि प्रहरीले बताएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖