• Tuesday 20th of October 2026

विमानमा हवाई तुफान, विमान ४.६ सेकेन्डमै १७८ फिट तल खस्यो


  • धनकुटा खबर
  • .

सिंगापुर । सिंगापुर एयरलाइन्सको अघिल्लो मंगलबार टर्बुलेन्स (हवाई तुफान)मा परेको विमान ४ दशमलब ६ सेकेन्डमा करिब १७८ फिट (५४ मिटर) तल खसेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

एक बेलायती यात्रुको मृत्यु भएको थियो भने थुप्रै व्यक्ति घाइते भएका थिए । लन्डनबाट सिंगापुरका लागि उडान भरेको विमान म्यान्मारको आकाशमाथि पुग्दा टर्बुलेन्समा परेको थियो । त्यसपछि थाइल्यान्डतर्फ डाइभर्ट गरेर बैंककमा अवतरण गराइएको थियो ।

सिंगापुरका अनुसन्धानकर्ताले उडान डेटा स्टोरबाट फ्लाइट डेटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर विमानबाट लिएका छन् । सिंगापुर एयरलाइन्सले अनुसन्धानकर्तालाई आफूले सघाइरहेको र प्रभावित यात्रु र क्रुको मेडिकल तथा अस्पतालको खर्च पनि व्यहोरेको जनाएको छ । विमानमा सिटबेल्ट नलगाएका कारण यात्रु घाइते भएका थिए ।

४ दशमलब ६ सेकेन्डमा ३७ हजार ३६२ फिटको अल्टिच्युडबाट ३७ हजार १८४ फिटमा झरेको थियो । एक्कासि यस्तो हुँदा क्रु र यात्रु घाइते भएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖