• Tuesday 6th of October 2026

मिस नेपाल सृच्छा प्रधानले गरिन् आँखाको चस्मा हटाउने शल्यक्रिया


  • धनकुटा खबर
  • .

काठमाडौं । मिस नेपाल वर्ल्ड सृच्छा प्रधानले आँखाको चस्मा हटाउने ‘स्माइल प्रो-लेजर’को शल्यक्रिया गरेकी छन् । अस्पतालले सामाजिक सञ्जालबाट दिएको जानकारीअनुसार सृच्छाको यस्तो शल्यक्रिया सफल भएको जनाएको छ ।

अस्पतालले भनेको छ– ‘यो नेपालमा उपलब्ध एक मात्र रोबोटिक लेजर आई सर्जरी प्रविधि हो । स्माइल प्रो विश्वमा एक मात्र लेन्टीकुलर इक्ट्राक्सन एफडीए प्रमाणित प्रविधि हो ।’

चस्मा लगाउन व्यावहारिक नहुने पेशाहरु जस्तै सौन्दर्य प्रतियोगिता, खेलाडी, एयरहोस्टेस, टिभी कार्यक्रम प्रस्तोताका लागि यस्तो सर्जरी उपयुक्त विकल्प भएको जनाइएको छ ।

आफ्नो माइनस सेभेनको हाइ पावर भएको र सन्दुक रुइतको टिमसँगको परामर्शमा आफूले शल्यक्रिया गरेको प्रधानले अनलाइनखबरलाई बताइन् । सर्जरीपछि सृच्छा अहिले घरमै आराम गरिरहेकी छन् ।

काठमाडौंमा प्रदूषण भएकाले एक साता घरभित्रै बस्न चिकित्सकले सल्लाह दिएको उनले बताइन् । ‘कौसीमा पनि नजान भन्नुभएको छ,’ उनले भनिन्, ‘तीन महिनामा भिजन पूर्णरुपमा रिकभर हुने भन्नुभएको छ,’ उनले भनिन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖