• Thursday 8th of October 2026

रुसी राष्ट्रपति पुटिनको घरमा आगलागी


  • धनकुटा खबर
  • .

एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको घरमा रहस्यमय रूपमा आगलागी भएको छ । साइबेरियाको अल्टाइ माउन्टेनमा रहेको उनको सो घरमा कसरी आगो लाग्यो भन्ने प्रस्ट भइसकेको छैन ।

आगलागीबाट भएको क्षतिको विवरण पनि प्राप्त भइसकेको छैन । तर केही तस्बिर तथा भिडियोमा उक्त घरमा आगो दन्किरहेको देख्न सकिन्छ ।

यो घर निकै सुरक्षित स्थानमा रहेको बताइन्छ । उक्त घरको चारैतिर सुरक्षा व्यवस्था कडा थियो । यसका बाबजुद कसरी आगो लाग्यो भन्नेबारे सर्वत्र संशय देखिन्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖