• Thursday 8th of October 2026

हत्या मामिलामा अभिनेता दर्शन र अभिनेत्री पवित्रा पक्राउ


  • धनकुटा खबर
  • .

बैंगलुरु । कन्नड चलचित्र उद्योगका चर्चित अभिनेता दर्शन थोगुदीपलाई एक व्यक्तिको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । हत्या गरिएका व्यक्तिले अभिनेताका एक अभिनेत्री साथीलाई अपमानजनक सन्देश पठाएको आरोप छ।

४७ वर्षीय दर्शनले पछिल्ला वर्षहरूमा धेरै ठूला बक्स अफिस हिट फिल्महरूमा मुख्य भूमिका निर्वाह गरेका छन्। दर्शनलाई सोमबार बिहान मैसूरस्थित उनको फार्म हाउसबाट बैंगलुरुको प्रहरी चौकीमा ल्याइएको थियो।

चित्रदुर्ग जिल्लाकी ३३ वर्षीया रेणुका स्वामीको शव बैंगलुरुको नालीमा फेला परेको थियो । उनको जुन ८ मा हत्या भएको र जुन ९ गते शव फेला परेको अनुमान गरिएको छ । यस हत्याकाण्डमा दर्शन, उनकी अभिनेत्री साथी पवित्रा गौडासहित १० जनाको नाम छ ।

रेणुका स्वामीले अभिनेत्री पवित्रालाई अश्लिल म्यासेज पठाएकी थिइन् । अभिनेत्री दर्शनको नजिकको साथी मानिन्छिन् । बैंगलुरुका प्रहरी आयुक्त बी दयानन्दले बीबीसी हिन्दीलाई भने, ‘पक्राउ परेकाहरूमा दर्शन र पवित्रा गौडा पनि छन्।‘

दर्शनका हिट फिल्महरूमा अनाथरु, क्रान्तिवीर संगोली रायन्ना र कटेरा पर्छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖