• Thursday 8th of October 2026

दोहोरीगीत प्रतिष्ठानको कदमप्रति गायिका ज्योति मगरले उठाइन् यस्ता प्रश्न


  • धनकुटा खबर
  • .

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले दोहोरीमा देखिएको विकृति न्यूनिकरण गर्न भनेर विभिन्न कदमहरू चालिरहेको छ।

उश्रृंङखल दोहोरी गाएको भन्दै एकजना निर्वाचित केन्द्रीय सदस्यलाई ६ महिनाका लागि संस्थाबाट निलम्बन गरेको छ। अपाच्य शब्द र प्रस्तुतिमार्फत दोहोरीमा विकृति भित्र्याएको भन्दै थुप्रै कलाकारलाई स्पष्टीकरण सोधेको छ।

उनीहरूले गाएका गीतलाई युट्युब लगायतका प्लाटफर्मबाट हटाउन समेत अनुरोध गरेको छ। केही कलाकारहरूले गल्ती स्वीकार्दै आगामी दिनमा नदोहोर्‍याउने लिखित प्रतिबद्दता जनाएका छन्।

यस्तोमा लोकदोहोरी गायिका ज्योति मगरले प्रतिष्ठानप्रति आक्रोशित हुँदै प्रश्न गरेकी छन्। गुगलले देशअनुसार डिजिटल प्लाटफर्मको मापदण्ड तयार गरेको भन्दै प्रतिष्ठानलाई सोधेकी छन् – ‘गुगलले नितान्त सामाजिक समूहमा, मनोरन्जनात्मक समूहमा अपलोड र प्रसारण गर्ने अनुमती दिएको कसैको सामग्रीलाई हटाउने आदेश दिने तिमी को?’

स्वतन्त्र कलाकारलाई त्यसरी स्पष्टीकरण सोध्न नमिल्ने ज्योतिको तर्क छ। उनले बिहीबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै उक्त कुरा उल्लेख गरेकी हुन्।

केही नयाँ तरिका अपनाएर मनोरन्जनात्मक कुराहरू तयार पारेर युट्युबमा राखेर आएको आम्दानीबाट घरखर्च चलाएका र पेट पालेका कलाकारको आम्दानी बन्द गराएर प्रतिष्ठानले उनीहरूको पेटमा लात हान्ने प्रयास गरेको ज्योतिको आरोप छ।

उनले यसअघि पनि सामाजिक सञ्जालमा स्टाटस् लेख्दै प्रतिष्ठानको कदमप्रति आक्रोश पोखेकी थिइन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖