मस्को । एक रुसी यात्रुवाहक जेट शुक्रबार मस्को नजिकै दुर्घटनाग्रस्त हुँदा चालक दलका तीन जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। विमानले यात्रुविना उडान गरेको थियो ।
सुखोई सुपरजेट १०० रुसी राजधानीबाट करिब ९० किलोमिटर दक्षिणपूर्वमा रहेको अप्राक्सिनो गाउँ नजिकैको जंगलमा दुर्घटना भएको आपत्कालीन अधिकारीहरूले बताएका छन्।
उक्त विमान रुसी राज्य नियन्त्रित प्राकृतिक ग्यास कम्पनी गाजप्रोमको स्वामित्वमा रहेको विमान गाजप्रोम एभियाको थियो ।
