• Thursday 29th of October 2026

एमाले अध्यक्ष ओली भोलि प्रधानमन्त्रीमा नियुक्त हुने


  • धनकुटा खबर
  • .

काठमाडौं, २९ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आइतबार प्रधानमन्त्री नियुक्त हुने भएका छन् । हिजो (शुक्रबार) नेपाली कांग्रेससहितको समर्थनमा प्रधानमन्त्रीको दाबी पेश गरेका थिए ।

राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई आइतबार प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारी गरेको उनको सचिवालयले जनाएको छ । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले आइतबार प्रधानमन्त्रीको नियुक्ति र शपथको कार्यक्रम राखिएको बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद बैठकमा विश्वासको मत प्राप्त गर्न असफल हुनुभएपछि ओलीले १६६ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी पेश गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖