नुवाकोट । नेकपा माओवादी केन्द्रका नेता मानबहादुर लामाले प्रधानमन्त्री निवास बालुवाटार पुगेर पार्टी परित्याग गरेका छन ।
साउन २ गते प्रधानमन्त्री निवास बालुवटार पुगेर माओवादी परित्याग गरेका उनी नेकपा एमाले प्रवेश गरेका हुन्। एमालेमा उनलाई पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका थिए ।
मानबहादुर ककनी गाउँपालिकाका पूर्व अध्यक्ष समेत हुन् । उनले २०७४ को स्थानीय निर्वाचनमा माओवादीबाट गाउँपालिका अध्यक्ष जितेका थिए । मानवबहादुरसहित माओवादीका श्रीराम फुयाँल लगायत एमाले प्रवेश गरेका थिए ।
प्रधानमन्त्री ओलीलाई बधाई दिन बालुवटार पुगेको एमाले नुवाकोटको करिब तीन सय जनाको टोलीको बीचमा लामा लगायतले एमाले प्रवेश गरेका हुन ।
लामा द्वन्द्वको समय देखिनै माओवादीमा क्रियाशिल रहदै आएका नेता हुन । उनको सक्रियताका कारण ककनीमा माओवादी पहिलो दलको रुपमा स्थापित समेत भएको थियो ।
२०७९ सालको स्थानीय तहको निर्वाचनमा उनी दोस्रो कार्यकालका लागि गाउँपालिका अध्यक्षको उम्मेदवार बन्ने प्रयासमा थिए । तर पार्टीभित्रको आन्तरिक किचलोका कारण आन्तरिक निर्वाचन गरेर नै उनलाई उम्मेदवार बन्न रोकिएको थियो ।
लामा विगत केही समयदेखि माओवादीबाट निष्क्रिय रहँदै आएका थिए । उनले २०७४ सालको स्थानिय तहको निर्वाचनमा ४ हजार ५ सय ५४ मत प्राप्त गरि ककनीको अध्यक्षमा विजयी भएका थिए ।
