• Wednesday 28th of October 2026

‘माओवादी केन्द्र र रास्वपाले खरो प्रतिपक्षीको भूमिका निर्वाह गर्नुपर्छ’


  • धनकुटा खबर
  • .

सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले केपी शर्मा ओली नेतृत्वको सरकारलाई कांग्रेसले समर्थन दिएपनि विगतमा उनीमाथि उठाउँदै आएको मुद्दाबारे मौन नरहने बताएका छन्।

शनिबार दिउँसो डाक्टर मुक्ति रिजालले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईबारे लेखेको पुस्तक ‘द भिजिनरी रिबेल’ को लोकार्पण समारोहमा महामन्त्री शर्माले कांग्रेस सरकरालाई सफल बनाउन लाग्ने तर उत्तिकै खरो भूमिकामा रहने बताएका हुन्।

‘कमरेड केपी ओलीको नेतृत्वमा रहेको सरकारलाई सफल बनाउन हामी कांग्रेसका सबैले साथ दिन्छौं। तर उत्तिकै खरो भूमिकाका साथ प्रधानमन्त्रीलाई कुनै छुट हुनेछैन कि कांग्रेसका सांसदहरूले उभिएर विश्वासको मत दिएका छौं, त्यसकारण तपाईंको बारेमा विगतमा उठाएका मुद्दा सबै थान्को लगाउँछौं, त्यो हुँदैन,’ उनले भने।

उनले वर्तमान संसदमा प्रतिपक्षीको भूमिका कमजोर हुने शंका बौद्धिक जगतले गरेको र माओवादी केन्द्र र रास्वपा खरो ढंगले प्रतिपक्षी बन्नुपर्ने बताए।

उनले कांग्रेस र एमालेले सरकार बनाउन दुइटा दलमात्रै भए पुगेपनि संविधान संसोधनका लागि नपुग्ने विषयमा हेक्का राख्नुपर्ने बताए।

‘त्यसैले संसदमा रहेका अन्य दलहरू भर्खरै विदाई भएको माओवादी होस् या नयाँ उर्जाका साथ राष्ट्रिय स्वतन्त्र पार्टी होस् या मधेस केन्द्रित दलहरू होस् यो सबैको साथमा राम्रो सहकार्य गरेर जान सक्ने क्षमता अहिलेको सरकारले राख्नुपर्छ,’ उनले भने।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖