• Wednesday 28th of October 2026

भ्रष्टाचार गर्दैनौँ, सहन्नौँ र कसैलाई गर्न दिन्नौँ : प्रधानमन्त्री ओली


  • धनकुटा खबर
  • .

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारले भ्रष्टाचार नगर्ने र कसैलाई भ्रष्टाचार गर्न नदिने प्रतिबद्धता जनाएका छन् ।

प्रतिनिधि सभा विश्वासको मतको प्रस्ताव पेश गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचारबारे बोलेका हुन् । ‘एउटा कुरा दुनियाँका अगाडी र दुनियाँले सुन्ने गरी भन्न चाहन्छु( भ्रष्टाचार गर्दैनौँ । भ्रष्टाचार सहन्नौ, कसैलाई भ्रष्टाचार गर्न दिन्नौँ,’ प्रधानमन्त्री ओलीले भने ।

उनले भ्रष्टाचारका सबै विषयहरू अनुसन्धान हुने बताए । भ्रष्टाचार र अख्तियारको दुरुपयोगसँग जोडिएका विषयको छानबिन तथा अनुसन्धान गर्छौँ । यसमा ढुक्क भए हुन्छ,’प्रधानमन्त्री ओलीले भने । उनले कुनै कालखण्डमा भएका भ्रष्टाचार पनि छानबिन गर्ने प्रतिबद्धता जनाए ।

‘कुनै कालखण्डमा भएका भ्रष्टाचार र जोकोही भ्रष्टाचार उपर कानुनी कारबाही अघि बढाउँछौँ ।भ्रष्टाचारी एक दिन कानुनको कठघरमा पुग्छ भन्ने स्थापित गराउँछौँ, प्रधानमन्त्री ओलीले भने । उनले सहकारी पीडितका सम्बन्धमा उचित छानबिन गर्ने र ठगलाई कारबाही गर्ने बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖