• Wednesday 28th of October 2026

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले दिए राजीनामा


  • धनकुटा खबर
  • .

हेटौडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएका छन् ।

आज प्रदेशसभाको बैठकमा मुख्यमन्त्री जम्कट्टेलले आफूले आजै प्रदेश प्रमुख यादव चन्द्र शर्मासमक्ष राजीनामा दिने बताए ।

प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले बैठक सञ्चालन भएलगत्तै मुख्यमन्त्री जम्कट्टेललाई अविश्वासको प्रस्तावको पक्षमा बोल्ने समय दिएका थिए ।

मुख्यमन्त्री जम्कट्टेलले राजीनामा दिने बताएपछि प्रदेशसभाका सभामुख पाठकले अर्को सूचना जारी नभएसम्मका लागि आजको बैठक स्थगित गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖