• Wednesday 28th of October 2026

‘मैले हिजो ५ हजार घुस खुवाएर काम गराएँ’:पूर्वमन्त्री महतो


  • धनकुटा खबर
  • .

काठमाडौं । घुस लिने मात्र होइन, दिनेलाई समेत सार्वजनिक अपराध ऐनअन्तर्गत वा भ्रष्टाचार ऐन अन्तर्गत मुद्दा चलाइँदै आएको छ । तर, अघिल्ला सरकारका वन तथा वातावरण मन्त्री वीरेन्द्रप्रसाद महतोले हिजो मात्र आफूले ५ हजार रुपैयाँ घुस दिएर काम गराएको खुलासा गरेका छन् ।

प्रतिनिधिसभा बैठकमा आइतबार प्रधानमन्त्रीको विश्वासको मत सम्बन्धी प्रस्तावमाथिको छलफलका क्रममा पूर्वमन्त्री महतोले शिक्षा मन्त्रालय अन्तरगर्त सानो ठिमीमा ५ हजार रुपैयाँ घुस दिएर आएको घोषणा गरेका हुन् ।

उनले भने, “म एउटा सानो उदाहरण दिन चाहन्छु म भूपूमन्त्री मैले हिजो शिक्षा मन्त्रालयको सानो ठिमीमा ५ हजार रुपैयाँ घुस दिएर आको छु । कसले पत्याउँछ । पत्याउनुहुन्छ ? मेरो छोराको सर्टिफिकेट ईक्यूभ्यालेन्ट गर्नुपर्ने थियो । मैले ११ बजे पठाएको ३ बजेसम्म काम गर्दिएनन्, यो मिलेन त्यो मिलेन भनियो । किन मिलेन के भएन भन्दा सबै कागज मिलेको छ ।

म आफैँ गएँ । म जाँदा एउटा अधिकृतले के भन्यो भने भाइ भर्खरै १० वटा विद्यार्थीलाई तिमिले गरेका छौं, यो एउटा किन गरेनौ भन्दाखेरी होइन यो चिया खाने टाइम हो भनेर गए । ४ बजेसम्म आएनन् । एउटा बिचौलियालाई गएर ५ हजार रुपैयाँ दिएँ । म बसिरहेँ पाँच मिनेटमा काम गराएर ल्याएँ । अनि हामी सुशासनको कुरा गछौँ भ्रष्टाचारको कुरा गछौँ ।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖