• Wednesday 28th of October 2026

प्रदेशसभाको विशेष अधिवेशन बैठक २ मिनेटमै सकियो


  • धनकुटा खबर
  • .

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन सुरु भएको छ ।

प्रतिपक्षमा रहेका नेपाली कांग्रेस, नेकपा (एमाले) र नागरिक उन्मुक्ति पार्टीले विशेष अधिवेशन आह्वानको माग गरेपछि प्रदेश प्रमुख नजिर मियाँले आह्वान गर्नुभएपछि विशेष अधिवेशन सुरु गरिएको हो ।

विशेष अधिवेशनको पहिलो बैठकमा सभामुख भीमबहादुर भण्डारीले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए ।

संविधानको धारा १६३ को उपधारा ३ बमोजिम प्रदेश सभाको एक चौथाइभन्दा बढी प्रदेश सभा सदस्यले अधिवेशन आह्वान गर्न वाञ्छनीय भएको माग गर्दै लिखित अनुरोध गरेपछि अधिवेशन आह्वान गरिएको प्रदेश प्रमुखले पठाएको पत्रमा उल्लेख छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖