काठमाडौँ । ललितपुर महानगरपालिका–७ ग्वार्को स्थित गेस्ट हाउसमा अचेत भेटिएकी युवतीको मृत्यु भएको छ ।
सनलाइट गेस्ट हाउसमा अचेत भएपछि बि एण्ड बि अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले बताए ।
ती युवती डुकुछाप घर भएर सातदोबाटो बस्ने २६ वर्षीय सन्दीप विकसँग गएराति गेस्ट हाउसमा आएकी थिइन् । बिहानीपख बेहोस भएपछि गेस्ट हाउस सञ्चालकले बि एण्ड बी अस्पतालमा लगेका थिए ।
उपचारको क्रममा शुक्रवार बिहान ७ बजे उनको मृत्यु भएको एसपी सुवेदीले जानकारी दिए । युवकले पनि आफूलाई सास फेर्न कठिन भएको बताएपछि प्रहरीको निगरानीमा उनको उपचार भइरहेको छ ।
