• Thursday 8th of October 2026

बंगलादेशमा आन्दोलनका क्रममा पक्राउ परेका सबैलाई रिहा गरिने


  • धनकुटा खबर
  • .

एजेन्सी । बंगलादेशमा विद्यार्थी आन्दोलनका क्रममा पक्राउ परेका सबै जना रिहा हुने भएका छन् ।

राष्ट्रपति मोहम्मद शाहबुद्दिनको नेतृत्वमा सोमबार बेलुकी बसेको बैठकले आन्दोलनका क्रममा पक्राउ परेका सबैलाई रिहा गर्ने निर्णय गरेको हो ।

बैठकले पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) की अध्यक्ष बेगम खालिदा जियालाई पनि तुरुन्तै रिहा गर्ने निर्णय गरेको छ ।

‘बैठकले विद्यार्थी आन्दोलनका क्रममा पक्राउ परेका सबैलाई रिहा गर्ने निर्णय पनि गरेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖