• Friday 9th of October 2026

युक्रेनी सेना आएपछि रुसले लगायो आपत्काल


  • धनकुटा खबर
  • .

मस्को । युक्रेनी सैनिकले गरिरहेको हमलालाई दृष्टिगत गरेर रुसले कस्र्क क्षेत्रमा बुधबार आपत्काल लगाएको छ । सो क्षेत्रमा युक्रेनी सेनाको प्रवेशपछि सम्भावित क्षतिबाट बच्न यो कदम चाल्नु आवश्यक रहेको त्यहाँका क्षेत्रीय कार्यवाहक गभर्नर एलेक्सी स्मरनोभले भनेका छन् ।

यस क्षेत्रमा घुसपैठ सुरु भएदेखि नै कम्तीमा पाँच सर्वसाधारणको मृत्यु भएको र ६ बालबालिकासहित ३१ जना घाइते भएको रुसी अधिकारीहरूले बताएका छन् ।

युक्रेनले यसबारे आधिकारिक रूपमा टिप्पणी गरेको छैन । न त उसले घुसपैठ कति भित्रसम्म छ भन्ने नै स्पष्ट पारेको छ । रुसले मंगलबार करिब एक हजार सैनिक, ११ ट्याङ्क र २० भन्दा बढी लडाकु सवारी साधन सुडजा सहर नजिक रुसी सीमामा प्रवेश गरेको बताएको थियो ।

कस्र्कमा कयौँ हवाई अलर्ट जारी गरिएको र अनलाइनमा पोस्ट भएका फुटेजमा लडाकु विमानहरू यस क्षेत्रमा उडिरहेको देखिएको भन्दै बीबीसीले पनि पुष्टि गरेको थियो । सीमा क्षेत्रबाट हजारौँ मानिसलाई विस्थापित गरिएको स्मिरनोभले बताएका छन् । यहाँ अन्य सहरबाट डाक्टर बोलाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖