• Thursday 8th of October 2026

दीपक र जितुको चलचित्र एकै दिन रिलिज हुँदै, कसले मार्ला बाजी ?


  • धनकुटा खबर
  • .

काठमाडौं । चलचित्र ‘ज्वाइँ साब’ दसैँमा रिलिज हुने भएको छ । दसैँको बिदालाई लक्षित गर्दै चलचित्र असाेज २४ गतेबाट रिलिज हुने भएको हो ।

यो चलचित्रको शीर्ष भूमिकामा जितु नेपाल छन् । वसन्त निरौलाको निर्देशनमा ‘ज्वाइँ साब’ तयार भएको चलचित्र हो ।

विजय बस्याल कार्यकारी निर्माता रहेको चलचित्रमा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद छ ।

चलचित्रमा जितुको अपोजिटमा नीति शाहले अभिनय गरेकी छन् । चलचित्रमा वुद्धि तामाङ, हिमेश पन्त, रमेश वुढाथोकी, प्रकाश घिमिरे, निमा पाण्डेलगायत कलाकारको अभिनय छ ।

“हामी चैत २४ मा आउनुको कारण बिदा नै हो । बिदामा सिनेमा रिलिज गर्ने भन्ने थियो । हाम्रो निर्माताले चैत २४ मै रिलिज गर्ने भनेपछि हामी यो मितिमा आउन लागेका हौँ,” निर्देशक वसन्तले बाह्रखरीसँग भने ।

चैत २४ गते नै चलचित्र ‘छक्का पञ्जा–५’ पनि रिलिज हुँदै छ । ‘छक्का पञ्जा–५’ लाई दीपाश्री निरौलाले निर्देशन गरेकी छन् । चलचित्रमा दीपक र वर्षासँगै केदार घिमिरे, निर्मल शर्मालगायत कलाकार छन् । सिनेमामा अन्य कलाकार को–को रहेका छन् भन्ने निर्माण टिमले खुलाएको छैन ।

दुवै चलचित्र एकै दिन रिलिज हुँदा जितु नेपाल र दीपकराज गिरीको भिडन्त हुने भएको छ । सुरुमा दीपक–दीपाको ‘छक्का पञ्जा’मै जितु पनि काम गर्दै आएका थिए । तर पछि सम्बन्ध बिग्रिएपछि उनी दीपक–दीपाको समूहमा छैनन् ।

आमा सरस्वती मुभिज र आएमईको प्रस्तुतिमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता केदार घिमिरे (माग्ने बुढा) र निर्मल शर्मा हुन् ।

अभिनेता समेत रहेका निर्माता दीपकराज गिरीको पटकथा रहेको चलचित्रको कथा र संवाद दीपक, केदार र दीलिप तामाङले लेखेका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖