• Thursday 8th of October 2026

विपिनले यसरी दिए आमालाई दागबत्ती


  • धनकुटा खबर
  • .

काठमाडौं । संयोग पनि कस्तो, अभिनेता विपिन कार्कीको बिहीबार जन्मदिन, बिहीबारै उनले आमालाई दागबत्ती दिनुपर्‍यो । उनकी आमा सरस्वती कार्कीको ७२ वर्षको उमेरमा निधन भएको छ ।

लामो समयदेखि दीर्घरोगबाट थलिएकी उनको उपचारका क्रममा बिहीबार बिहान ६ बजे ललितपुरको पाटन अस्पतालमा निधन भयो । कार्कीको आजै बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

विपिन र उनका दाजुले आमाको पार्थिव शरीरमा दागबत्ती दिए । विपिनसँग लामो समयदेखि सहकार्य गरेका कलाकारहरुले आर्यघाटमा उपस्थित भएर श्रद्धासुमन व्यक्त गरेका छन् ।

दयाहाङ राई, सौगात मल्ल, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, दीपाश्री निरौला, अशोक शर्मा, प्रदीप भट्टराई, तुलसी घिमिरे, सरिता गिरी, कमेडियन सुमन कार्कीसहित सञ्चारकर्मीहरु पनि आर्यघाटमा पुगेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖