• Tuesday 6th of October 2026

अमेरिकामा देखिएको ‘स्लथ फिभर’ नामक रोग के हो ?


  • धनकुटा खबर
  • .

एजेन्सी । अहिले संसारमा एकपछि अर्को रोगहरूले विनाश मच्चाइरहेको छ। एमपक्सले विश्वभर कहर मच्चाइरहेको बेला अब स्लथ फिभर नामक अर्को रोग अमेरिकामा देखिएको छ। अहिले धेरै देशहरूमा एमपक्स द्रुत रूपमा फैलिएको छ। एमपक्सका कारण कङ्गोमा ५७० भन्दा बढीको मृत्यु भएको छ ।

अमेरिकाको कुरा गर्ने हो भने त्यहाँ हरेक दिन नयाँ रोग देखा परिरहेको छ । हाल अमेरिकामा कोभिडको केपी ३.१.१ को नयाँ संस्करणसँगै साल्मोनेला पनि बच्चाहरूमा फैलिरहेको छ।

योसँगै अमेरिकामा नयाँ रोग स्लथ फिभर आइपुगेको छ । यसको पहिलो केस अमेरिकामा देखिएको छ । पछिल्लो समय यो रोग मानिसमा चिन्ताको विषय बनेको छ ।

विज्ञहरूका अनुसार स्लथ फिभर एक प्रकारको ओरोपच भाइरस हो । हालसम्म यो ज्वरो फैलनुको मुख्य कारण मिड्ज नामक कीराको टोकाई रहेको बताइएको छ । केही लामखुट्टे र कीराहरूमा यो भाइरस पहिले नै पाइसकेको विज्ञहरू बताउँछन्। उनीहरूको सम्पर्कमा आएपछि मानिसलाई यो भाइरसको सङ्क्रमण हुन्छ ।

यो भाइरस अन्तर्गत डेंगु, चिकनगुनिया आदि जस्ता धेरै रोगहरू पनि लाग्न सक्छन्। अहिलेसम्म केही मानिसहरू लाई यसबाट निको हुन समय लाग्दैन र केहीमा यो भाइरसको प्रभाव ढिलो देखिने गर्दछ।

स्लथ फिभरका लक्षण
-आँखा र टाउको दुख्ने समस्या हुन सक्छ।
-वाकवाकीको साथमा छालामा दागहरू देखिन सक्छ ।
-चक्कर लाग्नुको अलावा शरीरमा दुखाइ पनि हुन सक्छ।
-आँखामा प्रकाशले अप्ठ्यारो हुन सक्छ।
-मांसपेशीमा पनि दुखाइ हुन सक्छ ।
-थकान पनि हुन सक्छ।

बच्ने उपायहरू के के हुन्?
-लामखुट्टेको सम्पर्कमा आउनबाट जोगिनु पर्छ।
– भिडभाड हुने ठाउँमा जानबाट जोगिनुपर्छ ।
-लक्षणहरूलाई बेवास्ता नगर्नुहोस्।
-संक्रमित व्यक्तिको सम्पर्कमा आउनबाट जोगिन आवश्यक छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖