• Monday 9th of November 2026
  • ट्रेण्डिङ :

महामन्त्रीद्वयको प्रतिवेदनले गरिदियो देउवाको निद हराम


  • धनकुटा खबर
  • .

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले पार्टी केन्द्रिय समितिमा प्रस्तुत गरेको प्रतिवेदनले सभापति शेरबहादुर देउवाको निद हराम भएको छ।

महामन्त्रीद्वयले केन्द्रीय समिति बैठकमा प्रस्तुत गरेको प्रतिवेदनप्रति आफ्ना पक्षले स्चार्को बिरोध गर्दै संसोधन गर्न दवाब दिएपछि देउवाको निद हराम भएको हो। सोही प्रतिवेदनको विषयलाई लिएरउनी हरुसंग पटक- पटक परिमार्जन गराउने विषयमा महामन्त्रीद्वयसँग छलफल गर्दापनि उनीहरुको कुनैपनि हालतमा संसोधन गर्न नहुने अडानले देउवालाई हैरान भएको छ।

सभापति देउवाले यसअघि मंगलबार पनि महामन्त्रीद्वयसँग छलफल गरेका थिए । तर‚ सहमति जुट्न सकेन । देउवाले प्रतिवेदन परिमार्जन गर्नुपर्ने अडान राखे भने महामन्त्रीद्वयले परिमार्जन गर्न नहुने आ–आफ्ना तर्क राखेका थिए । त्यही बिषयमा आज पनि देउवा निवासमा छलफल चलिरहेको छ।

महामन्त्रीसँग सहमति नजुटेपछि मुख्यसचिव कृष्ण पौडेलले विज्ञप्ति जारी गर्दै भदौ १२ गते बस्ने बैठक भदौ १६ गतेका लागि सारिएको जानकारी दिएका थिए । अझै विवाद समाधान नहुने हो भने १६ गतेपनि बैठक बस्छ भन्ने अनिश्चित छ

कांग्रेसभित्र एक्जीट पोलीसी र निर्वाचन अघि गठबन्धन गर्न नहुने विषयमा मतभेद छ । साउन २३ गते बसेको केन्द्रीय समिति बैठकमा महामन्त्री शर्माले प्रस्ताव गरेको एक्जीट पोलिसी सहितको प्रतिवेदन र कांग्रेसलाई रुखमा भोट हाल्ने ग्यारेन्टी गरिनुपर्छ भनेर महामन्त्री थापाले प्रस्तुत गरेको प्रतिवेदनमा विवाद बढ्दो छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖