काठमाडौं । अमेरिकी र्यापर जे–जीको चर्चित गीत ‘लुसिफर’ ब्याकग्राउन्डमा राख्दै प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आफ्नो नयाँ ‘लुक्स’ सार्वजनिक गरेका छन् ।
सोमबार दिउँसो प्रधानमन्त्री शाहले फेसबुकमार्फत कालो चस्मा र कालो हाइनेक लगाएर कारभित्र खिचेको सेल्फी सार्वजनिक गरेका हुन् ।
तस्बिरमा उनले एक हातले कपाल समातेका छन् भने निधार चाउरिएको देखिन्छ । तस्बिरसँगै उनले क्याप्सनमा स्माइली इमोजी राखेका छन् ।
तर, प्रधानमन्त्रीको तस्बिरभन्दा बढी चर्चा उनले ब्याकग्राउन्डमा राखेको ‘लुसिफर’ गीतको भइरहेको छ ।
राजनीतिक टिप्पणीकार सौरभले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा प्रधानमन्त्री शाहलाई ‘लुसिफर’ को संज्ञा दिएपछि यो शब्द चर्चामा आएको थियो । त्यसपछि प्रधानमन्त्रीले पनि सोही नामको गीतलाई ब्याकग्राउन्डमा राखेर तस्बिर सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा चासो बढेको छ ।
