• Monday 9th of November 2026
  • ट्रेण्डिङ :

सबै मिलेपनि एमालेलाई हराउन सक्दैनन् : शेरधन राई


  • धनकुटा खबर
  • .

काठमाडौं, १४ भदौ । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री शेरधन राईले सबै दल मिलेपनि एमालेलाई कसैले हराउन नसक्ने दाबी गरेका छन् ।

जनपक्षीय काम गरेकोले एमाले जनताको पार्टी भएको भन्दै आगामी निर्वाचनमा एकल बहुमत आउने पनि उनको दाबी छ ।

हिजो (बिहीबार) प्रेस चौतारी नेपाल ओखलढुंगाले आयोजना गरेको पत्रकार सम्मेलनमाउनले यस्तो दाबी गरेका हुन् ।

उनले अहिले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएपछि मुलुक सही दिशातर्फ अघि बढेको र आर्थिक अवस्थामा पनि सुधार देखिएको दाबी गरे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖