• Monday 9th of November 2026
  • ट्रेण्डिङ :

साथीको हत्या आरोपमा एक जना पक्राउ


  • धनकुटा खबर
  • .

जनकपुरधाम- धनुषाको महेन्द्रनगरमा साथीको हत्या आरोपमा एक जाना पक्राउ परेका छन्। क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरस्थित रहेको नेपाल आयल निगमको महेन्द्रनगर डिपोको अफिस कम्पाण्डभित्र त्यहाँ काम गर्ने एक जनाको हत्या आरोपमा उनकै साथीलाई पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ।

धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन अवाका अनुसार सिरहाको सिरहा नगरपालिका- ३ का ४० वर्षीय राकेश कुमार वर्माको हत्या भएको हो।

उनको हत्या आरोपमा उनीसँगै काम गर्ने धनुषाधाम नगरपालिका- ४ बस्ने ३२ वर्षीय प्रकाश यादव पक्राउ परेका हुन्। उनले वादविवादको क्रममा साथीको हत्या गरेको प्रहरीले जनाएको छ।

प्रहरीले यस घटनामा यादवलाई पक्राउ गरी थप अनुसन्धान थालेको एवम् शव अहिले कम्पाउण्डभित्रै रहेको प्रवक्ता अवाले बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖