• Monday 9th of November 2026
  • ट्रेण्डिङ :

भिम रावललाई एकिकृत समाजवादीमा अध्यक्ष बाहेक जुनसुकै पद खुल्ला


  • धनकुटा खबर
  • .

काठमाडौँ गत निर्वाचनमा टिकट नपाएदेखि पार्टीमा निष्क्रिय रहेका एमाले नेता डा.भीमबहादुर रावललाई भित्र्याउन नेकपा एकीकृत समाजवादीका नेताहरूले कसरत थालेका छन्।

अध्यक्षबाहेकका जुनसुकै जिम्मेवारी दिन एकीकृत समाजवादी तयार रहेको सन्देश रावललाई पठाइसकिएको छ।

पछिल्ला दिन रावलसँग एकीकृत समाजवादीका पदाधिकारीले दैनिकजसो कुराकानी गरिरहेका छन्।

रावलले मागेकै पद दिन समेत तयार रहेको एकीकृत समाजवादीका एक उच्च पदाधिकारीले बताए ।

‘अहिले हामी भीम रावलजीसँग कुराकानी गरिरहेका छौँ,’ उपाध्यक्षसमेत रहेका ती नेताले भने, ‘अध्यक्षबाहेक जे माग्यो त्यही दिन्छौं, नयाँ सिर्जना गरेर भएपनि हामी दिन्छौ। तपाईँ यस्तो तालले किन बस्नुहुन्छ भनिरहेका छौँ।’

तर, रावलले प्रष्ट जवाफ दिएका छैनन्।

एकीकृत समाजवादीले भने रावललाई पार्टीमा ल्याएर देशव्यापी नयाँ माहोल बनाउन खोजेको छ।

एमालेमा हुँदा माधव नेपालको विश्वासपात्र नेता थिए, रावल।

तर, २०७८ भदौ ९ गते एमालेबाट विद्रोह गर्दा रावलसहितका दश चर्चित नेताहरूले नेपालको साथ छोडेका थिए।

ती नेता भन्छन्, ‘हिजो माधव नेपालकै पक्का धरोहरका रुपमा हुनुहुन्थ्यो। तर, दश भाई एमालेमै बस्न गएपछि उहाँ (रावलजी) पनि उतै रहनुभयो। त्यतिमात्रै तलमाथि भएको हो नत्र हामी सँगसँगै हुन्थ्यौँ।’

एकीकृत समाजवादीले निर्वाचनबाटै पदाधिकारी निर्वाचित गरिसकेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖