• Monday 9th of November 2026
  • ट्रेण्डिङ :

काठमाडौँमा कारको ठक्करबाट एक महिलाको मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँमा कारको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–३ बसुन्धारामा कारको ठक्करबाट स्कुटरमा सवार २७ वर्षीया महिलाको मृत्यु भएको हो ।

सो दुर्घटनामा दोलखा घर भई हाल काठमाडौँ महानगरपालिका–३ बस्ने वर्ष अन्दाजी २७ की ङबुदि शेर्पाको मृत्यु भएको हो ।

धादिङ घर भई हाल काठमाडौँको बालुवाटार बस्ने शान्ताकुमारी तामाङले चलाएको बा.प्र.०१-०२७ च ९७३६ नम्बरको कारले चक्रपथतर्फ आउँदै गरेको दोलखा घर भई हाल काठमाडौँको बुढानीलकण्ठ बस्ने सोमबहादुर धामीले चलाएको बा.प्र.०२–०६४ प ८९७५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा शेर्पा घाइते भएकी थिइन् । उनकाे उपचारका क्रममा दिउँसो ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्कुटर चालक धामी सामान्य अवस्थामा रहेका छन् । दुर्घटनामा संलग्न कार चालक शान्ताकुमारी तामाङलाई नियन्त्रणमा लिइएको छ भने दुवै सवारी साधन ट्राफिक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

कारलाई नेपाल प्रहरी प्रतिकार्य तथा तालिम केन्द्रमा पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖