• Wednesday 7th of October 2026

बिग बोस सिजन-१८ को होस्टमा फर्किंदै सलमान


  • धनकुटा खबर
  • .

काठमाडौं । बिगबोस ओटीटी सिजन-३ को होस्ट नगर्ने घोषणा गरेका बलिउड अभिनेता सलमान खानले कलर्स टिभीमा प्रसारण हुने ‘बिग बोस’ सिजन १८ मा फर्किने पक्का भएको छ ।

मंगलबार बिग बोसका निर्माताले सलमानलाई होस्टको रुपमा उनको इन्स्टाग्राम ह्याण्डलमा मेन्सन गर्दै यसबारे टिजर सार्वजनिक गर्दै फ्यानलाई सरप्राइज दिएका छन् ।

टिजरले चलिरहेको घडीको ग्राफिक देखाउँछ, त्यसपछि प्रतिष्ठित बिग बोसका आँखाहरू । यी दृश्यहरु प्रदर्शन हुँदा पृष्ठभूमिमा एउटा भ्वाइसओभरसहित भनिन्छ– बिग बोसले देख्नेछ घरबासीको भविष्य, अब हुनेछ समयको ताण्डव ।’

निर्माताले टिजर सेयर गर्दै लेखेका छन्, ‘हुनेछ मनोरञ्जनको पूर्ण मनोकांक्षा, जब समयको ताण्डव बिग बोसको नयाँ ट्वीस्ट लिएर आउँछ । के तपाईं बिग बोस सिजन १८ को लागि तयार हुनुहुन्छ ? क्याप्सनपछि ह्यासट्यागसहित होस्ट सलमान खानलाई उनको इन्स्टाग्राम ह्याण्डलमा मेन्सन गरिएको छ ।’

यो घोषणाले सलमानका प्रशंसक खुसी भएका छन् । एक फ्यानले टिप्पणी गरे, ‘ओएमजी ! म धेरै उत्साहित छु ।’ अर्को प्रतिक्रियामा लेखिएको छ, ‘वाह, वाह, म ताण्डवको लागि पर्खन सक्दिन ।’ यसअघि बिग बोस ओटीटी ३ को ब्यानरबाट सलमानको नाम हटाइँदा फ्यान निराश थिए । बलिउड अभिनेता अनिल कपुरले अन्ततः शोमा सलमानलाई रिप्लेस गरे ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖