एजेन्सी । भगवानको तस्बिर वा मूर्ति बाहेक हामी आफ्नो घरको मन्दिरमा पुजा सामाग्री आदि राख्छौं र धेरैले आफ्ना पुर्खाको तस्विर पनि मन्दिरमा राख्छन् । यस्तो अवस्थामा मनमा यो प्रश्न किन उठ्छ कि त्यसो गर्नु उचित हो ? वा हामी ठूलो गल्ती गर्दैछौंरु यस्ता प्रश्नको उत्तर वास्तुशास्त्रमा पाइन्छ किनभने घरको मन्दिरसँग सम्बन्धित धेरै महत्त्वपूर्ण कुराहरू यसमा उल्लेख गरिएको छ ।
वास्तुशास्त्रका अनुसार हामीले घरको मन्दिरमा पितृको तस्बिर कहिल्यै राख्नु हुँदैन । यसो गर्दा देवताहरूको अप्रसन्नताको सामना गर्नुपर्ने हुन सक्छ । वास्तवमा पितृको स्थानलाई देवी देवताभन्दा तल मानिन्छ। यस्तो अवस्थामा मन्दिरमा भगवानको साथमा वा छेउमा पुर्खाको तस्विर राख्दा अनुचित हुनेछ ।
घरको मन्दिरमा पितृको तस्बिर राख्नुभयो भने भगवान र पितृ बराबर भएजस्तै हुन्छ, जुन अनुचित हुनेछ । घरको मन्दिरमा पुर्खाको तस्बिर राख्नुभयो भने पितृदोष लाग्न सक्छ, जसले समस्या बढाउन सक्छ । भगवानको मन्दिरमा पितृको तस्बिर राख्नाले नकारात्मकता बढ्छ र घरमा संकटको बादल मडारिन सक्छ ।
