• Sunday 29th of November 2026

चितवनबाट काठमाडौँ आउँदै गरेको अर्को माइक्रोबस पनि पहिरोमा हराएको आशंका


  • धनकुटा खबर
  • .

काठमाडौँ । चितवनबाट काठमाडौँ आउँदै गरेको अर्को माइक्रोबस पनि हराइरहेको पाइएको छ ।

एन.बि.मनकामना माइ यातायात प्रा.लि.को बा २ ख १३४५ नम्बरको माइक्रोबस शुक्रबाहर बिहानको रातिदेखि सम्पर्कबिही भएको समितिका अध्यक्ष नर बहादुर रानाले जानकारी दिनुभएको छ ।

असोज ११ गते राति २ बजेर ३० मिनेटमा चितवनको पुल्चोकबाट काठमाडौँका लागि छुटेको उक्त माइक्रोबस अहिलेसम्म सम्पर्कमा नआएको समितिका अध्यक्ष रानाले बताउनुभयो ।

सो माइक्रो पनि झ्याप्लेखोलाको पहिरोमा पुरिएको आशंका गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖