अर्जेन्टिनी सुपरस्टार फूटबलर लियोनल मेसीले फ्रिकिक गोलको कीर्तिमानमा इंग्ल्यान्डका चर्चित खेलाडी डेभिड बेकह्यामलाई उछिनेका छन् ।
एमएलएसअन्तर्गतको खेलमा कोलम्बसलाई ३–२ गोलअन्तरले पराजित गर्दा फ्रिकिकमा गोल गरेका मेसीले बेकह्यामलाई पछि पारेका हुन् ।
मेसीले गरेका दुई गोलको मद्दतले इन्टर मायमी सपोटर्स शिल्डको उपाधि जित्न सफल भएको छ ।
यससँगै मेसीले समग्र फूटबलमा फ्रिकिक गोल संख्या ६६ पुर्याएका छन् । उनी सर्वाधिक फ्रिकिक गोल गर्ने सूचीको तेस्रो स्थानमा पुगेका हुन् ।
६५ गोल गरेका बेकह्याम भने चौथो स्थानमा रहेका छन् ।
सर्वाधिक फ्रिकिक गोल गर्नेको सूचीमा ब्राजिलका जुनिन्हो पेर्नामबुकानो छन् । उनले ७७ गोल गरेका छन् ।
यस्तै ब्राजिलकै पेलेका नाममा ७० गोल छ । ६६ गोल गर्ने भने मेसीसँगै तीन खेलाडी छन् ।
