• Sunday 29th of November 2026

मध्यराति बञ्चरोले हानेर श्रीमतीको हत्या


  • धनकुटा खबर
  • .

कैलालीमा बञ्चरो प्रहार गरेर एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन्।

शुक्रबार राति एक बजेतिर चुरे गाउँपालिका–६ मल्लो ढुङ्गेनीकी ४७ वर्षीया हिरादेवी चुनाराको हत्या भएको हो।

हत्या आरोपमा उनका श्रीमान् ५५ वर्षीय डम्मर बहादुर चुनारालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार डम्बरले हिरादेवीको टाउकोमा बञ्चरो प्रहार गरेका थिए। बञ्चरो प्रहार गर्ने डम्मरलाई इलाका प्रहरी कार्यालय फल्टुडेले नियन्त्रणमा लिएको छ।

घरायसी विवादमा उनले पत्नीको हत्या गरेका प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖