• Sunday 29th of November 2026

दशै टिकाकै दिन करेन्ट लागेर हेटौंडामा २ बालिकाको मृत्यु


  • धनकुटा खबर
  • .

मकवानपुर । करेन्ट लागेर शनिबार दिउँसो हेटौंडामा दुई जना बालिकाको मृत्यु भएको छ ।

हेटौंडा-१६ चिसापानीनजिकै रहेको कभर्डहलमा ११ केभी पिन इन्सुलेटर भाँचिएर नजिकै रहेको फलामको पोलमा करेन्ट प्रवाह भई पोल हुँदै पोलको फेदमा जमेको पानीमा विद्युत् प्रवाह भएर उनीहरूलाई करेन्ट लागेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मृत्यु हुनेमा बारा निजगढ-१ की ९ वर्षकी र हेटौंडा-१६ की ७ वर्षकी बालिका छन् ।

प्रहरीका अनुसार हिँडिरहेको अवस्थामा अचानक पानीमा टेक्न पुग्दा करेन्ट लागेर दुवै जना बेहोस भएका थिए । दुवै जनाको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖