• Wednesday 7th of October 2026

आमा-बुवाबाट टीका थाप्दै सन्दीपले यसो भने…


  • धनकुटा खबर
  • .

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले पनि विजयादशमीको टीका ग्रहण गरेका छन् ।

उनले आमा-बुवाको हातबाट टीका ग्रहण गरेका हुन् । उनले यसअघिका वर्षहरूमा टीका लगाउन नपाउँदा तड्पिएको बताएका छन् ।

“निधारमा आमा-बुवाको हातको यो टीका लगाउन म कति तड्पेको थिएँ, त्यो मलाई मात्र थाहा छ । १० वर्षपछि आज जिन्दगीको धेरै उतारचढावपछि यो पल फेरि फर्केर आएको छ,” उनले भनेका छन् ।

उनले थपेका छन्, “भगवान्‌लाई धेरै-धेरै धन्यवाद कि मेरा यी भगवान्‌हरू सधैँ मेरो साथमा हुनुहुन्छ । दशैंको सबैलाई शुभकामना ।”

सन्दीपले १० वर्षपछि विजयादशमीको टीका लगाएका हुन् । उनले यसबीचमा बलात्कारको आरोप सामना गर्नुपरेको थियो ।

यसैतर्फ लक्षित गर्दै उनले दशैंमा आमा-बुवाको हातबाट टीका ग्रहण गर्दा हर्षविभोर भएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖