• Wednesday 7th of October 2026

महिला टी-२० विश्वकप : श्रीलंकालाई हराउदै न्यूजील्याण्ड सेमिफाइनलको दौडमा कायमै


  • धनकुटा खबर
  • .

काठमाडौँ – जारी आइसीसी महिला टी-२० विश्वकप अन्तर्गत न्यूजील्याण्डले श्रीलंकालाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा न्यूजील्याण्डले श्रीलंकालाई ८ विकेटले पराजित गरेको हो ।

श्रीलंकाले दिएको ११६ रनको लक्ष्य पछाएको न्यूजील्याण्डले १७.३ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यस अघि श्रीलंकाले पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाउदै ११५ रन बनाएको थियो ।

यो जितपछि न्यूजील्याण्डको ३ खेलमा ४ अंक भएको छ । न्यूजील्याण्डले २ जित र एक हारसहित ४ अंक हासिल गर्दै तेस्रो स्थानमा रहेको छ । न्यूजील्याण्ड समुह ए बाट सेमिफाइनलको दौडमा कायम रहेको छ ।

त्यस्तै श्रीलंकाले भने लगातार चौथो हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ । अब न्यूजील्याण्डले समुह चरणको अन्तिम खेलमा सोमबार पाकिस्तानविरुद्ध खेल्ने तालिका छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖