• Wednesday 7th of October 2026

“साइबर सेना” शब्द प्रयोग गरेकोमा माग्ने बुढाले मागे माफी


  • धनकुटा खबर
  • .

काठमाडौँ । कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ ले एक टेलिभिजन कार्यक्रममा दिएको अभिव्यक्तिका लागि माफी मागेका छन् ।

सामाजिक सञ्जालमा आलोचना भएपछि उनले आफ्नो चलचित्र ‘छक्का पञ्जा ५’ विरुद्ध साइबर सेना प्रयोग भएको अभिव्यक्ति दिएका थिए ।

उनले परिस्थिति बुझाइको तत्कालीन अवस्था र अहिलेको बुझाइको अवस्था फरक महसुस गरेको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्,

‘एक कार्यक्रममा आवेगमा मैले “साइबर सेना” शब्द प्रयोग गरेकोमा क्षमा चाहन्छु ।

मेरो परिस्थिति बुझाइको तत्कालीन अवस्था र अहिलेको बुझाइको अवस्था फरक महसुस गरेको छु । —– आज म मेरो बिरामी बुवालाई भेट्न गाउँ आएको छु । बुवाले सोध्नुभयो “फिलिम कस्तो चल्या छ ? यसपाला म हेर्न जान सक्या छैन” ।

मैले भनेँ फिलिम राम्रो चल्या छ तर मान्छेले मलाई गाली गर्दै छन् बुवा। अचम्म मान्दै बुवाले सोध्नुभयो किन ? के भन्छन् ? मैले भनेँ “साइबर सेना किन भनिस् ? भन्छन्। बुबाले भन्नुभो “सानु बन्न पर्च जहाँ पनि अटाइन्छ, ठुलो हुँदा कतै छिरिँदैन” ‘अर्काको बारेमा हत्तपत्त मुख खोल्नु हुँदैन’ मरेर लानु केही छैन,सबैको प्यारो बन्न पर्च। बस् बुवा बाट पुन ऊर्जा प्राप्त भयो, यदि कसैको चित्त दुखेको छ भने माफ गर्दिनु होला। धन्यवाद।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖