• Sunday 29th of November 2026

दक्षिण अफ्रिकामा पाइलट पढ्दै गरेका तनहुँका पन्थको कार दुर्घटनामा परि मृत्यू


  • धनकुटा खबर
  • .

तनहुँको व्यास नगरपालिका–२ दमौली निवासी २९ वर्षीय विराट पन्थको कार दुर्घटनामा परि मृत्युभएको छ ।

पाइलट पढ्न दक्षिण अफ्रिका पुगेका पन्थको आफैले चलाएको कार घटनास्थापनका दिनमा दुर्घटनामा परि मृत्यु भएको हो । एक वर्षअघि त्यहाँ पुगेका पन्थले १० महिने कोर्ष पूरा गरिसकेका थिए। आठ महिनापछि उनी पाइलट बन्दै थिए।

छोरोको पाइलट बन्ने सपना पूरा हुने क्रममै रहेकाले पन्थ परिवारमा खुशी छाएको थियो ।

अकल्पनीय घट्नाले यतिबेला पन्थ परिवारमा बज्रपात हुन पुगेको छ । साथीको जन्मदिन मनाउन जाँदै गर्दा दुर्घटनामा परी उनको मृत्यु भएको बताइएको छ । कानुनी प्रक्रिया पूरागरी पन्थको शव बडादशैंको नवौं दिन शुक्रबार राति दमौली ल्याइ दमौलीस्थित मादीसेती घाटमा दाहसंस्कार गरिएको छ।

दशैंका बेला खुसीयाली हुनुपर्ने परिवार यतिबेला शोकमा छ। बुबा अधिवक्ता गोविन्द पन्थ र आमा टीकादेवी पन्थका बिराट जेठा छोरा हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖