• Wednesday 7th of October 2026

साफका लागि नेपाल आइपुगिन् रेखा, साम्बाले भने पहिलो खेल गुमाउने


  • धनकुटा खबर
  • .

राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड रेखा पौडेल घरेलु मैदानमा हुने साफ महिला च्याम्पियनसिपका सहभागी हुन नेपाल आइपुगेकी छिन्।

टोलीकी अर्की फरवार्ड सावित्रा भण्डारी साम्बाले भने साफको पहिलो खेल गुमाउने भएकी छिन्। नेपालले कार्तिक २ गते शुक्रबार भुटानसँग खेल्दै साफ च्याम्पियनसिपको सुरुवात गर्दैछ।

साफका लागि संयुक्त अरब इमिरेट्स (युएई) को अबुधावी कन्ट्रीमा आवद्ध रेखा आज मंगलबार बिहान मात्र नेपाल आइपुगेकी हुन्। भुटानविरुद्धको पहिलो खेलमा नेपालको आक्रमण रेखा र रश्मी कुमारी घिसिङले सम्हाल्नेछन्।

साफको पहिलो खेल फिफा विन्डो बाहिर रहेकाले साम्बाले भुटानविरुद्धको खेल गुमाउने भएकी हुन्।

हाल फ्रान्सेली एन अभान्टा गुएङ्ग्याम्पमा आवद्ध साम्बालाई क्लबले आफ्नो लिग खेलमा नै राख्ने बताएपछि उनी भुटानविरुद्धको खेलमा अनुपस्थित हुनेछिन्। साम्बाको टोलीले १९ तारिकमा शनिबार स्ट्रासबर्गसँग खेल्दैछ।

सो खेलपछि साम्बा २० तारिकमा नै नेपालका लागि प्रस्थान गर्नेछिन्। क्लबको खराब लयका कारण क्लबले साम्बालाई च्याम्पियनसिप अघि नै नेपाल फर्कन अनुमति नदिएको हो।

साम्बा टोलीको महत्वपुर्ण खेलाडी रहेकाले उनलाई छिटो नेपाल पठाउन नसकीएको गुएङ्ग्याम्प बताएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖