• Wednesday 7th of October 2026

‘छक्का पञ्जा–५’को भन्दा ‘१२ गाउँ’को शो बढ्यो


  • धनकुटा खबर
  • .

काठमाडौ । चलचित्र ‘छक्का पञ्जा–५’को भन्दा ‘१२ गाउँ’को शो काठमाडौंमा आज (बुधबार) धेरै छ । क्यूएफएक्सका आउटलेटमा काठमाडौं उपत्यकामा ‘१२ गाउँ’ले ‘छक्का पञ्जा–५’लाई उछिनेको हो ।

क्यूएफएक्सका आउटलेटमा काठमाडौं उपत्यकामा ‘छक्का पञ्जा–५’ले भन्दा ‘१२ गाउँले एक शो धेरै पाएको छ । बिहान ६ बजेपछिका लागि ‘१२ गाउँ’ले ३२ शो पाउँदा ‘छक्का पञ्जा–५’ले ३१ शो पाएको छ ।

मंगलबार क्यूएफएक्सका काठमाडौंका आउटलेटमा यी दुई चलचित्रले बराबर शो पाएका थिए । सुरुमा शो बाँडफाँट गर्दा क्यूएफएक्सले काठमाडौंका आफ्ना आउटलेटमा ‘छक्का पञ्जा–५’लाई ३८ शो दिएको थियो । ‘१२ गाउँ’ले २२ शो पाएको थियो । त्यसयता विस्तारै ‘१२ गाउँ’ले शो बढाउँदै गएर छैटौँ दिनमा काठमाडौं उपत्यकाको क्यूएफएक्स चेनमा ‘छक्का पञ्जा–५’ जति नै पुर्याएको हो ।

सातौँ दिनमा आइपुग्दा ‘छक्का पञ्जा–५’ भन्दा ‘१२ गाउँ’ अगाडि लागेको हो । अन्य मल्टिप्लेक्समा भने कुनैमा ‘छक्का पञ्जा–५’का धेरै शो छन् भने केहीमा ‘१२ गाउँ’कै शो बढी छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖