• Sunday 29th of November 2026

छोरा जन्मिएको उमंगका साथ घर फर्किरहेका बोहरा परिवारका चारै जना बस दुर्घटना संगै बाटोमै अस्ताए


  • धनकुटा खबर
  • .

काठमाडौ । पिडा पनि कति दिन सक्छौ भगवान : बैतडीकी २० वर्षीया कमला बोहरा गर्भवती थिइन्।

२४ असोजमा उनी ‘डेलिभरी’का लागि कैलालीको धनगढी झरिन्। साथमा उनका श्रीमान् २२ वर्षीया सहदेव बोहरा पनि थिए।

गर्भवती छोरीको स्याहार गर्न आमा ४५ वर्षीया जैमती पनि धनगढी आएकी थिइन्। सोमबार कमलाले छोरालाई जन्म दिइन्। पहिलो सन्तान जन्मदिएपछि बोहरा परिवारमा खुसीयाली थियो। तर उनीहरूको खुसी एक दिन पनि टिक्न पाएन। छोरा जन्मिएपछि घर फर्किरहेका उनीहरू सवार बस मंगलबार राति दुर्घटनामा पर्‍यो।

छोरा जन्मिएको उमंगका साथ घर फर्किरहेका बोहरा परिवारका चारै जना बाटोमै अस्ताए। एकै परिवारमा परेको यो बज्रपाताले अहिले सिङ्गो नै सोकमा डुबेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖