• Wednesday 7th of October 2026

अमेरिकाविरुद्धको पहिलो टी–२० खेलमा नेपालको सय रन पुरा


  • धनकुटा खबर
  • .

अमेरिकाविरुद्धको पहिलो टी–२० खेलमा नेपालले सय रन पूरा गरेको छ। अमेरिकाको डल्लासमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ्ग गर्ने निम्तो पाएको नेपालले १५ ओभरको खेल सकाउँदा ११५ रन बनाएको छ।

जारी खेलमा राम्रो सुरुआत गर्दै नेपालले ४ विकेटको क्षतिमा ११५ रन बनाएको हो।

नेपालका लागि ओपनर ब्याट्सम्यान अनिल साह र आशिफ शेखले समान २७/२७ रन जोडे भने कुशल भुर्तेल १० र गुलशन झा ११ रनमा आउट भएका छन्।

अहिले मैदानमा कप्तान रोहित पौडेल र दिपेन्द्र सिंह ऐरी ब्याटिङ्ग गरिरहेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖