• Wednesday 7th of October 2026

रिद्धिमा घरकै सबभन्दा गफाडी हुन्! :आलिया


  • धनकुटा खबर
  • .

बलिउड फिल्मका निर्माता एवं निर्देशक करण जोहरले करीना कपूर खानलाई बलिउडकै सबभन्दा गफाडी बताएका थिए।

उनले करीनालाई गसिप क्वीनको ट्याग समेत दिएका थिए। करणले कपिल शर्माको शोमा करीनालाई बलिउडको हरेक खबर थाहा हुने बताएका थिए। हालै आलिया भट्टले आफ्नो नन्द रिद्धिमा कपूरलाई गफाडी भनेकी छन्।

आलियाका अनुसार रिद्धिमासँग रणवीर कपूरसँग भन्दा धेरै कुरा थाहा हुने बताएकी छन्। ‘यदि दुनियाँमा कोही छ, जसलाई सबै खबर थाहा हुन्छ, त्यो हुन् रिद्धिमा। रिद्धिमा निकै सहजताका साथ ठूला-ठूला गसिपको बम फ्याक्छिन्। उनको ट्याक रेकर्ड एकदम बेदाग छ। उनलाई रणवीरको भन्दा बढी खबर थाहा हुन्छ,’ उनले भनिन्।

आलियाले रिद्धिमाको तारिफ गर्दै भनिन् उनी निकै प्यारी र दयालु व्यक्ति हुन्। उनी राहाको मनपर्ने फूपु हुन्।

रिद्धिमा ‘फ्याबुलस लाइफस अफ बलिउड वाइफस’ बाट अभिनयमा डेब्यू गर्दैछिन्। उनी पेशाले गहना डिजाइनर हुन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖