• Sunday 29th of November 2026

सुरक्षा दिने प्रहरीबाटै स्थानीय असुरक्षित, चौकी नै अर्को ठाउँमा सारियो !


  • धनकुटा खबर
  • .

बैतडी । बैतडीमा प्रहरी हवल्दार नै किशोरी बेपत्ता प्रकरणमा मुछिएपछि प्रहरी चौकी सारिएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका–२ डिम्बरमा रहेको महाकाली प्रहरी चौकीलाई सारिएको हो ।

डिम्बरकी साढे १७ बर्षीया एक किशोरी बेपत्ता प्रकरणमा महाकाली प्रहरी चौकीका तत्कालिन इञ्चार्ज प्रहरी हवल्दार कृष्णराज जोशी मुछिएपछि प्रहरी चौकी नै सारिएको बताइएको छ ।

तत्कालका लागि अस्थायी रुपमा महाकाली प्रहरी चौकीलाई कुलाउ प्रहरी चौकीमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार महाकाली प्रहरी चौकीलाई कुलाउमा सारिएको हो । प्रहरीबाटै आफूहरु असुरक्षित रहेको भन्दै स्थानीयले प्रहरी चौकी सार्न माग गरेका थिए ।-अनलाइननेपाल

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖