• Tuesday 6th of October 2026

अस्ट्रेलियाका कटिङ लुम्बिनीमा अनुबन्ध


  • धनकुटा खबर
  • .

काठमाडौं । अष्ट्रेलियाका क्रिकेटर बेन कटिङ पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) का लागि लुम्बिनी लायन्समा अनुबन्ध भएका छन् ।

लुम्बिनीले दोस्रो विदेशी खेलाडीको रुपमा अलराउण्डर कटिङलाई टोलीमा अनुबन्ध गरेको मंगलवार सामाजिक संजालमार्फत जनाएको छ । लुम्बिनीले यसअघि इङ्ग्ल्याण्डका विकेटकिपर ब्याटर टम मुर्सलाई टोलीमा अनुबन्ध गरेको थियो ।

३७ वर्षिय कटिङले हालसम्म अस्ट्रेलियाका लागि ४ ओडिआई तथा ७ टि ट्वान्टी आई खेलेका छन् । कटिङले २ सय १२ टि ट्वान्टीमा २ हजार ९ सय २१ रन तथा १ सय ३७ विकेट लिएका छन् । कटिङले विश्वका चर्चित हरेक फ्रेन्चाईज लिगको अनुभव लिईसकेका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल मार्की खेलाडी रहेको लुम्बिनीले गत साता मात्र मुख्य प्रशिक्षकमा नन्दन फाडनिसलाई नियुक्ती गरेको थियो । एनपिएलमा सहभागी ८ टोलीले समान ४ विदेशी खेलाडी अनुबन्ध गर्न पाउने छ ।

विभिन्न टोलीमा आबद्ध भएका विदेशी खेलाडी यस प्रकार रहेका छन् :

पोखरा एभेन्लेजर्स : अमेरिकाका आन्द्रेस गौस, नेदरल्यान्ड्सका बास डि लिडे र वेस्ट इन्डिजका एन्डसन फिलिप,

कर्णाली याक्स : पाकिस्तानका हुसेन तलात

सुदूरपश्चिम रोयल्स : स्कटल्यान्डका अलराउन्डर ब्रान्डन मक्मलेन र इङ्ग्ल्यान्डका अलराउन्डर सेफ जेब

लुम्बिनी लायन्स : इङ्ग्ल्यान्डका विकेटकिपर ब्याटर टम मुर्स

काठमाडौं गुर्खाज : नेदरल्यान्ड्सका ब्याटर माइकल लेभिट, जेहार्ड एरास्मस

विराटनगर किंग्स : ओमानका कप्तान अकिब इल्यास , क्यानडाका कप्तान निकोलस कीर्तन

जनकपुर बोल्ट्स : जिमी निशम, अमेरिकाका क्रिकेटर जोशुवा ट्रम्प

चितवन राइनोज : दक्षिण अफ्रिकाका मार्चन्ट डे लांग, ल्यूक मार्टिन बेनकेन्स्टाइन

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १६ देखि पुस ६ गतेसम्म हुने एनपिएलमा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । असोज २० गते नेपाली खेलाडी छनोटका लागि भएको अक्सनमा लुम्बिनी लगायत टोलीले समान १० खेलाडी अनुबन्ध गरेका थिए ।

लुम्बिनी लायन्स टिम

रोहितकुमार पौडेल, आसुतोष घिरैया, सुर्य तामाङ, दिनेश अधिकारी, विवेक यादव, दुर्गेश गुप्ता, तिलक राज भण्डारी, अभिषेश गौतम, सन्दीप जोरा, अर्जुन साउद, विकास आग्री, टम मुर्स र बेन कटिङ

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖