• Tuesday 6th of October 2026

फाइनलअघि नेपालकी कप्तान एन्जिला भन्छिन्: बंगलादेशविरुद्धको खेललाई रिभेन्जको रुपमा लिँदैनौं, हामी गर्छौं, हामी जित्छौं


  • धनकुटा खबर
  • .

काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ को उपाधिका लागि बुधबार साँझ साढे छ बजे नेपाल र बंगलादेशबीच त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रतिस्पर्धा हुँदैछ।

१२औं पटक फाइनल खेल्न लागेको नेपालले यसअघि कहिल्यै पनि उपाधि जित्न सकेको छैन् । फाइनल र सेमिफाइनलमा जहिल्यै पनि बाधक बन्दैआएको भारतलाई पन्छाएर नेपाल यसपटक फाइनल पुगेको छ । साविक विजेता भएपनि बंगलादेशलाई जितेर उपाधि घरमै राख्ने दाउमा नेपाल रहेको छ ।

नेपालकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाले सेमिफाइनलमा घरेलु दर्शकको ठूलो साथ पाउँदा दश खेलाडीमा सीमित हुँदा पनि एघार खेलाडी नै खेलेको जस्तो महसुस भएको बताइन्। उनले फाइनलमा पनि दर्शकको साथसँगै प्रशिक्षकको रणनीतिलाई मैदानमा उतार्ने बताइन्।

‘हाम्रो टिम बण्डिङ राम्रो छ । भोलि जित्नुपर्छ, अहिले जितेनौं भने अर्को टिम बन्न ५-१० वर्ष पर्खनुपर्छ’, मंगलबार आयोजित पत्रकार सम्मेलनमा कप्तान एन्जिलाले भनिन्, ‘हामी गर्छौं हामी जित्छौं भन्ने हाम्रो नारा छ ।’

कप्तान एन्जिलाले बंगलादेशसँग बदलाको रुपमा खेल नखेलिने प्रष्ट पारेकी छन् । उनले यो खेललाई सक्दो सदुपयोग गर्ने भन्दै बदलाको भावना नेपाली टिममा नरहेको बताइन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖