काठमाडौ । हिजो सम्पन्न साफ वुमन्स च्याम्पियनसिपको फाइनलमा नेपाल बंगलादेश संग २-१ गोल अन्तरले पराजित भएको छ ।
टीम पराजित भएपछि दोस्रो गोलरक्षक अन्जना राना मगर लेख्छिन् –
साफ महिला च्याम्पियनसिपमा फेरी एकपटक उपविजेतामै सिमित हुन पुग्दा निराश छौं ।
हामीले सक्दो प्रयास गर्दा गर्दै पनि उपाधि दिलाउन सकेनौं, आउने दिनमा अझ राम्रो खेलेर त्यो खडेरी तोड्नेछौं । यहाँहरुले दिनुभएको साथको लागि धेरै धेरै धन्यवाद ।
महिला फुटबललाई यसरी नै माया गरिरहनुहोला ।
