काठमाडौं । हङकङ इन्टरनेश्नल सिक्सेस क्रिकेटको उपाधि श्रीलङ्काले हात पारेको छ ।
आइतबार भएको खेलमा पाकिस्तानमाथि जित निकाल्दै श्रीलङ्काले उपाधि हात पारेको हो ।
टस हारेर ब्याटिङ गरेको पाकिस्तानले ५.२ ओभरमा ७२ रनमा मात्रै बनाउन सक्यो ।
जवाफी ब्याटिङ गरेको श्रीलङ्काले भने ५ ओभरमै तीन विकेट गुमाएर ७६ रन बनाएको थियो ।
श्रीलङ्कालाई जित दिलाउन ओपनर सन्दुक विराक्कोदीले ३४ रन बनाउन सके । अर्का ओपनर धनञ्जय लक्सन २ रनमै पेलिभियन फर्किए ।
कप्तान लाहिरू मधुसनकाले १९ रनको योदान गरे । उनले पाँच बलमा ३ छक्का प्रहार गरेका थिए ।
लाहिरू सामराकुनले एक अविजित रन जोडे । यस्तै थारिन्दु रत्नायकेले चार बलमा २ छक्का र एक चौका हानेका थिए ।
