• Tuesday 6th of October 2026

वेस्ट इण्डिज विरुद्धको टी-२० सिरिजमा इङल्याण्डको विजयी शुरुवात


  • धनकुटा खबर
  • .

काठमाडौँ – इङल्याण्डले वेस्ट इण्डिज विरुद्धको टी-२० सिरिजमा विजयी शुरुवात गरेको छ ।

गएराती सम्पन्न सिरिजको पहिलो खेलमा इङल्याण्डले वेस्ट इण्डिजलाई ८ विकेटले पराजित गरेको हो ।

वेस्ट इण्डिजले दिएको १८३ रन्को लक्ष्य पछाएको इङल्याण्डले १६.५ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । इङल्याण्डका लागि फिल साल्टले १०३ तथा ज्याकब बेथेलले ५८ रन बनाएका थिए ।

यस अघि वेस्ट इण्डिजले टस हारेर पहिला ब्याटिङ गर्दै २० ओभरमा ९ विकेट गुमाएर १८२ रन बनाएको थियो ।

यो जितपछि ५ खेलको सिरिजमा इङल्याण्डले १-० को अग्रता हासिल गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖