• Tuesday 6th of October 2026

शनिबारदेखि २० हलबाट ‘पूर्णबहादुरको सारंगी’ उतार्ने निर्णय


  • धनकुटा खबर
  • .

काठमाडौं । ‘पूर्णबहादुरको सारंगी’का निर्माताले प्रदर्शकले उपलब्ध गराएको कलेक्सन रिपोर्टमा असन्तुष्टि व्यक्त गर्दै मोफसलका विभिन्न २० हलबाट फिल्म उतार्ने निर्णय गरेका छन् ।

शुक्रबार बेलुका विज्ञप्ति जारी गर्दै निर्माता कम्पनी सेभेन सिजले बिराटनगरको अरुण हल, जनकपुरको निलम सिनेमाज, लालबन्दीको बिना हल, गोरखाको गोरखा हल, वर्दिवासको वर्दिवास हल, मोरङको विराटचोक हल, इनरुवाको सीवी हल, बहरथवाको दीपक हल छन् ।

बुटवलको द्धारिका हल, विराटनगरको हिमालय हल, दोलखाको चरिकोट हल, राजगढको एभरेस्ट हल, धनकुटाको धनकुटा हल, पाँचथरको फिदिम हल, नुवाकोटको त्रिशुली, इलामको इलाम हल, महेन्द्रनगरको लभकुस हल, त्रिमुत्री हल, जनकपुरको गिरिराज हल र दमकको पाथीभरा हल छन् ।

ती हलमा फिल्म हाउसफूल अकुपेन्सीमा प्रदर्शन भएपनि र निर्माता ग्रस कलेक्सनको रिपोर्ट उपलब्ध गराएपनि उक्त रिपोर्टमा असहमति जनाउँदै शनिबारदेखि फिल्म उतार्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।

फिल्म उतार्ने निर्णय गरिएका यी हल अधिकांश सिंगल स्क्रिन छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖