• Tuesday 6th of October 2026

हाउसफुल चलिरहेको ‘पूर्णबहादुरको सारंगी’ २० वटा हलबाट उतार्ने निर्माताको निर्णय, कारण के?


  • धनकुटा खबर
  • .

हाउसफुल चलिरहेको फिल्म ‘पूर्णबहादुरको सारंगी’ आज शनिबारदेखि २० वटा हलबाट उतारिने भएको छ।

प्रदर्शक (हल सञ्चालक) ले दिएको कलेक्सन रिपोर्टमा असहमति जनाउँदै निर्माताले फिल्मलाई २० वटा हलबाट उतार्ने निर्णय लिएका हुन्।

निर्माता कम्पनी सेभेन सिजले शुक्रबार बेलुकी विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘केही सिनेमा घरहरूले चलचित्र पूर्णबहादुरको सारंगी हाउसफुल अकुपेन्सीमा प्रदर्शन भए पनि निर्माण पक्षलाई उपलब्ध गराएको ग्रस कलेक्सन रिपोर्टप्रति असहमत हुँदै मंसिर १ गते शनिबारदेखि सम्बन्धित हलबाट सिनेमा उतार्ने निर्णय भएको छ।’

निर्माताले फिल्म उतार्ने निर्णय लिएका सबै हलहरू मोफसलका हुन्। हलहरूको विवरण निर्माताले विज्ञप्तिमा उल्लेख गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖