• Tuesday 6th of October 2026

महानायक भन्नेलाई ब्लक गरिदिने दीपकराज गिरीको चेतावनी


  • धनकुटा खबर
  • .

काठमाडौं । कलाकार दीपकराज गिरीले आफूलाई ‘महानायक’ भन्नेलाई सामाजिक सञ्जालमा ‘ब्लक’ गरिदिने चेतावनी दिएका छन् । सामाजिक सञ्जालमा गिरीलाई ‘महानायक’ भनेर ट्रोल हुने क्रम नरोकिएपछि उनले यस्तो चेतावनी दिएका हुन् ।

‘आजबाट जस–जसले मलाई महानायक सम्बोधन गर्नुहुन्छ, उहाँलाई मेरो फेसबुकमा ब्लक गर्दैछु । यो पद न मैले कहिले दाबी गरेको थिएँ, न गर्नेछु’, उनले शुक्रबार फेसबुकमा भनेका छन्, ‘तर, मैले बारम्बार भन्दा पनि भेडापन्थी देखाउने मानिस कमसेकम मेरो फेसबुकमा जोडिन सक्दैन ।’

फरक विचार स्वागत, असभ्यता अस्वीकार ।’ साथै उनले फेसबुकको पर्खाल आफ्नो बिचार पोख्ने थलो भएको बताए । यहाँ आफूलाई के मन पर्छ त्यो लेख्ने हो दुनियाँलाइ के मन पर्छ त्यो लेख्ने होइन भन्दै उल्लेख गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖